News Portal

  • सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त

    आर्थीकसंसार संवाददाता३० चैत्र, २०७८
    ६१५ पटक
    ३० चैत्र, २०७८

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त हुनु भएको छ । मिति २०७८ चैत्र ३० गते बसेको सञ्चालक समितिको बैठकले उहाँलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उहाँ यसअघि सेञ्चुरी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

    काठमाडौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गर्नु भएका उहाँले बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गर्नु भएको छ । उहाँ बैंक व्यवस्थापन, सञ्चालन तथा व्यवसाय प्रवद्र्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गर्नु भएका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिनिनु हुन्छ ।

    प्रतिकृया दिनुहोस्