News Portal

  • बैंक अफ काठमाण्डूका ग्राहकले ल्याण्डमार्क होटलमा १२.५% छुट पाउने

    आर्थीकसंसार संवाददाता२९ चैत्र, २०७८
    ६८५ पटक
    २९ चैत्र, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले ल्याण्डमार्क होटलमा छुट पाउने भएका छन् । बैंक र होटलबीच भएको सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १२ दशमलव ५ प्रतिशत छुट हुने जनाएको छ ।
    नयाँ वर्ष २०७९ लाई लक्षित गरिे बैंकका ग्राहक महानुभावहरुलाई ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने प्याकेजमा १२ दशमलव ५ प्रतिशतको विशेष छुट प्रदान गरिएको हो ।
    उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
    हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्