News Portal

  • माथिल्लो मोदी ए जलविद्युत‍्मा एनएमबी बैंकले लगानी गर्ने

    आर्थीकसंसार संवाददाता२९ चैत्र, २०७८
    ७३९ पटक
    २९ चैत्र, २०७८

    काठमाडौं । एनएमबी बैंक लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र मोदी जलविद्युत् कम्पनीबीच ५२ मेगावाट क्षमताको माथिल्लो मोदी ए जलविद्युत‍्मा लगानी गर्न सम्झौता भएको छ ।
    मोदी ए जलविद्युत आयोजना कास्कीको अन्नपुर्ण गाउँपालिकामा सञ्चालित आयोजनामा सहवित्तीयकरणअन्तर्गत कर्जा लगानी गर्न समझदारी भएको हो ।
    मोदी जलविद्युत कम्पनीको मुख्य लगानीकर्ता नेपाल विद्युत् प्राधिकरण छ । माथिल्लो मोदी ए जलविद्युत आयोजनाको कुल लागत ९ अर्ब ८ करोड रहने जानकारी गराइएको छ ।
    एनएमबी बैंकले हाल देशभर २०१ शाखाहरू, १३९ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्