News Portal

  • नयाँ वर्षमा एनएमबी बैंकको ग्राहकलाई चार किसिमका अफर

    आर्थीकसंसार संवाददाता२९ चैत्र, २०७८
    ७८८ पटक
    २९ चैत्र, २०७८

    काठमाठौं ।नयाँ वर्षको अवसरमा एनएमबी बैंकले विभिन्न अफरहरू सार्वजनिक गरेको छ । उक्त अफरमा क्यासब्याकदेखि छुटसम्म रहेको एनएमबीले जनाएको छ ।
    अफर अनुसार एनएमबी बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजिटलका २० हजार बराबरको उत्पादन खरिद गर्दादुई हजार सम्म क्यासब्याक पाइने एनएमबीले जनाएको छ ।
    अनलाईन शपिङ पोर्टल दराजबाट समान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार ५०० रुपैयाँसम्म छुट पाउन सकिन्छ ।
    साथै एनएमबीको मोबाइल बैंकिङबाट क्यूआर कोड स्यान गरी सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म छुट पाइने बैंकले जनाएको छ ।
    त्यस्तै एनएमबीका ग्राहकले अनलाइन बजार सस्तो डिलबाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २० प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्म छुट पाइने बैंकले जनाएको छ । सबै योजना सीमित समयका लागि मात्र लागू हुने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्