News Portal

  • नयाँ वर्षको अवसरमा बीओकेका ग्राहकले अनलाइन शपिङ गर्दा २० प्रतिशत छुट

    आर्थीकसंसार संवाददाता२८ चैत्र, २०७८
    ९२२ पटक
    २८ चैत्र, २०७८

    काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा बैंक अफ काठमाण्डुका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् ।
    बैंक अफ काठमाण्डुका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा एक हजार ५०० रुपैयाँ सम्मको छुट र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा एक हजार ५०० रुपैयाँ सम्मको छुट प्राप्त गर्नेछन् ।
    साथै, कार्डबाहक ग्राहकहरूले सस्तोडिलमा आफूलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट पाउनेछन् ।
    बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरू, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्