आर्थीकसंसार संवाददाता२८ चैत्र, २०७८
२८ चैत्र, २०७८काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा पत्रकार रवि लामिछानेलाई नियुक्त गरेको छ ।
सोमबार काठमाडौंस्थित अलोफ्ट होटलमा आयोजित एक समारोहमा रवि लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबीच सम्झौता पत्रमा हस्ताक्षर गरी औपचारिक रुपमा एम्बास्डर नियुक्त गरेको घोषणा गरिएको थियो ।
बैंकका ब्राण्ड एम्बास्डर रवि लामिछानेले बैंकको पारिश्रमिकबापत पाउने पारिश्रमिकको केही रकम शिक्षाको पहुँचबाट टाढा रहेको समुदायलाई दिने बताएका छन् ।
त्यस्तै बैंकले नेपालको गायक सुगम पोखरेलसँग आधिकारिक भ्वाइस पार्टनरको रुपमा यस अगाडि गरेको सम्झौतासमेत नवीकरण गरेको छ ।