News Portal

  • शालीग्राम र सिवाईसी नेपाल लघुवित्तबीच मर्जर सम्झौता

    आर्थिकसंसार संवाददाता२१ भदौ, २०७७
    १३४७ पटक
    २१ भदौ, २०७७

    काठमाडौं । शालीग्राम र सिवाईसी नेपाल लघुवित्तबीच मर्जर सम्झौता सम्मपन्न भएको छ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने सहमति गरेको हो । बागलुङमा केन्द्रीय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले म्याग्दीमा केन्द्रीय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती –एक्विीजीशन) गर्ने भएको हो ।
    सिवाईसीले शालीग्रामलाई प्राप्ती –एक्विीजीशन) गर्ने सम्बन्धी समझदारीपत्रमा सिवाईसी नेपाल लघुवित्तका अध्यक्ष पद्मनाथ शर्मा र शालीग्राम लघुवित्तका अध्यक्ष कृष्णवहादुर थापाले शनिबार सिवाईसीको केन्द्रीय कायार्लय बाग्लुङ बजारमा हस्ताक्षर गरेका हुन् । प्राप्ति गर्ने सम्वन्धमा नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न/गाभिने तथा प्राप्ति (एक्विजिसन) र विलय (मर्जर)सम्बन्धी नियमावली २०७३ चौथो संशोधन २०७५० को विनियमावली ५ बमोजिम दुबै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा आजको मितिले ४ महिनाभित्र एकीकृत कारोवार थालिने र नयाँ संस्थाको नाम सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था नै राख्ने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
    हाल सिवाईसीको राष्ट्रिय स्तरको कार्यक्षेत्र छ भने शालीग्रामको गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्षेत्र रहेको छ । प्राप्ती पश्चात एकीकृत संस्थाको संस्थापक सेयर ८ करोड ६८ लाख १७ हजार हुनेछ भने जारी पुँजीको ३ करोड ८२ लाख ८३ हजार सर्वसाधरणलाई बिक्रीको लागि निष्काशन गरेपश्चात चुक्ता पूँजी १२ करोड ५१ लाख कायम हुनेछ ।
    समझदारी पत्रमा हस्ताक्षर समारोहका क्रममा बोल्दै संस्थाका अध्यक्ष पद्मनाथ शर्माले प्राप्ती पश्चात संस्था एक सबल, सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने धारणा राखे ।
    कार्यक्रममा सिवाईसीको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले स–साना संस्थाहरु धैरै बनाउने भन्दा पनि एउटा ठुलो संस्था बनाएर सदस्यहरुलाई कसरी बढीभन्दा बढी सुविधा दिन सकिन्छ भन्ने दिशातर्फ जानुपर्ने बताए । पछिल्लो समयमा लघुवित्त संस्थाहरु नाफामा मात्र केन्द्रित हुँदा लघुवित्त कार्यक्रमको मुल मर्मबाटै संस्थाहरु विचलित भइरहेको समेत बताए । कार्यक्रममा शालिग्रामका अध्यक्ष कृष्णवहादुर थापाले गरिव तथा विपन्न सदस्यहरुको आर्थिक उत्थान र दुवै संस्थाको विकासका लागि प्राप्तीका समझदारी कोशेढुङ्गा सावित हुने कुरा व्यक्त गरे ।
    कार्यक्रममा शालिग्रामका सञ्चालक सन्तोष रावल, भ्रच्योल माध्यमबाट सिवाईसीका सञ्चालक डोलीन्द्र प्रसाद शर्मा तथा शालीग्रामका सञ्चालक ज्ञानेन्द्र सुवेदी र अर्जुन थापाले आफ्ना भनाई राखे ।

    प्रतिकृया दिनुहोस्