आर्थीकसंसार संवाददाता२७ चैत्र, २०७८
९४४ पटक
२७ चैत्र, २०७८काठमाडौं । पूर्वअर्थमन्त्री डा। युवराज खतिवडाले बैंकहरुबीच अस्वभाविक प्रतिस्पर्धाले नै अहिलेको संकट आएको बताएका छन् ।
नेकपा एमालेको केन्द्रीय प्रचार विभागले आइतबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बैंकहरुबीच नाफा कमाउन खोज्ने अस्वभाविक प्रतिस्पर्धाले पनि अहिलेको संकट आएको बताएका हुन् ।
‘बैंकहरुले कम व्याजमा कर्जा दिने, मै ठूलो हुँ भनेर अस्वभाविक प्रतिस्पर्धा गर्ने प्रवृत्तिले अहिलले संकट आएको हो,’ उनले भने । साथै, उनले क्रिप्टोकरेन्सी हाइपर फण्डमा लगानी गर्दा बढ्दा पैसा हराएको र यस्ता गतिविधि कम गर्न सरकार र मातहतका निकायले काम गर्न नसकेको बताए । र, सरकारले लोडसेडिङ गर्न डराएकोले महँगो बिजुली किनिरहेको उनको भनाई छ । यस्तै, उनले हल्का कुरा गरेर बजारलाई अन्योलमा नराख्न सरकारलाई आग्रह गरे ।
पूर्वअर्थमन्त्री युवराज खतिवडाले अहिले देशको अर्थतन्त्र गम्भीर मोडमा पुगेको भए पनि सरकारका मन्त्रीहरू कमाउ धन्दामा लागेको बताएका छन्। अर्थतन्त्रको अवस्थाबारे पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले अर्थतन्त्र गम्भीर मोडमा पुग्दा पनि सरकार सञ्चो मानेर बसिरहेको बताए। ‘सरकारका मन्त्रीहरू कमाउ धन्दामा छन्। खुलमखुला चुनाव खर्च उठाउन लागेका छन्।
अर्थतन्त्र गम्भीर मोडमा पुग्दा पनि सरकार सञ्चो मानेर बसिरहेको छ,’ खतिवडाले भने,‘अर्थतन्त्र कमजोर बनेपछि राष्ट्र बैंक सक्रिय बन्न खोज्दा गभर्नरलाई कारबाही गरियो। महंगी अस्वाभाविक बढेको छ, आम मानिसमा हामी श्रीलंका हुने त होइन भन्ने परेको छ।’ अहिलेको सरकारले मौद्रिक नीति पनि नल्याउँदा भुक्तानी असन्तुलन बढेको खतिवडाले बताए।
‘बैंकिङ प्रणालीमा लगानीको वातावरण छैन। पैसा हराउने खेलमा सरकार लागेका कारण बैंकमा पैसा आएन। गठबन्धन टिकाउन संघदेखि प्रदेशसम्म अनेक संरचना खडा गरिएको छ। विकास मा खर्च गर्नुको साटो बजेटलाई गाडी घोडामा खर्च गरिएको छ,’ उनले भने।