News Portal

  • सिटिजन्स बैंकका पार्क सफारी रिसोर्टमा ग्राहकलाई छुट

    आर्थीकसंसार संवाददाता२५ चैत्र, २०७८
    ९६९ पटक
    २५ चैत्र, २०७८

    चितवन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पार्क सफारी रिसोर्ट प्रालिबीच ग्राहकलाई छुट दिनेसम्बन्धी सम्ौझता भएको छ ।
    उक्त समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
    बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ ।
    वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यही चैत्र ७ गतेदेखि वैशाख ७ गते सम्म एक महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याकलगायत योजनाहरु पनि सार्वजनिक गरेको हो ।
    सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत १००० वा बढीको कारोबार गर्दा एकमुष्ठ २०० रुपैयाँ क्यासब्याक दिइने छ । साथै पाँच लासम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजारसम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि नि:शुल्क डेविट कार्ड, मोबाइल/इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको एटीएम बाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्था गरेकोसमेत जानकारी बैंकले गराएको छ ।

    प्रतिकृया दिनुहोस्