News Portal

  • सिभिल लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२५ चैत्र, २०७८
    ८०६ पटक
    २५ चैत्र, २०७८

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले न्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम चैत्र २४ गते सम्पन्न गरेको हो ।
    उक्त गोष्ठीमा वित्तीय संस्थाको सप्तरी जिल्लामा रहेको खर्चुहिया शाखाले कर्जा, बचत, लघुविमा, केन्द्र व्यवस्थापन, साख सूचना लगायतका मुख्य विषयवस्तुमा जानकारी दिएको थियो । उक्त १ दिने कार्यक्रममा उक्त शाखाको सबै केन्द्र प्रमुखहरुको उपस्थिति रहेको थियो ।
    ‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले सेवाग्राहीहरुको समृद्धिमा टेवा पु-याउने उद्देश्यका साथ आफ्नो सेवाहरु करिब ६८ हजार घर परिवारमा पु-याएको छ ।

    प्रतिकृया दिनुहोस्