News Portal

  • महालक्ष्मी विकास बैंकका ग्राहकले हिमाल डेण्टल हस्पिटलमा छुट पाउने

    आर्थीकसंसार संवाददाता२४ चैत्र, २०७८
    ८६६ पटक
    २४ चैत्र, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले हिमाल डेण्टल हस्पिटल धुम्बाराहीको सेवा सुविधामा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न संस्थाहरु सँग सम्झौता गर्दै विभिन्न सेवा छुट प्रदान गर्दै आएको छ । सोही अनुरुप कम्पनीले उक्त हस्पिटलसँग सम्झौता गरेको हो ।
    बैंक र हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साईन्सबीच समझदारी भएपछि महालक्ष्मी विकास बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।
    छुट पाउन बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नपर्नेछ । बैंकले हाल १०३ वटा शाखामार्फत ग्राहकरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्