News Portal

  • लुम्बिनी विकास बैंक लि. को लोगो अंकित झण्डा हस्तान्तरण

    आर्थीकसंसार संवाददाता२४ चैत्र, २०७८
    १०१२ पटक
    २४ चैत्र, २०७८

    काठमाडौं । लुम्बिनी विकास बैंक लि.ले २६औं पटक सगरमाथाको आरोहण गर्न लाग्नुभएकोमा विश्व किर्तीमानी पर्वतारोही कामी रिता शेर्पालाई शुभकामना कार्यक्रमको आयोजना गरेको छ । विश्वको सर्वाेच्च शिखर सगरमाथाको २५ पटक सफल आरोहण गरी विश्व किर्तीमान कायम गरी सक्नुभएका किर्तीमानी आरोही कामी रिता शेर्पाले २६औंं पटक पुनः आरोहणको लागि प्रस्थान गर्न लाग्नु भएकोमा उहाँको सफल आरोहणको लागि लुम्बिनी विकास बैंक लि.ले समेत सहकार्य गर्दै लुम्बिनी विकास बैंक लि.को लोगो अंकित झण्डा बैंकका अध्यक्ष दशरथ रिसालले किर्तीमानी पर्वतारोही कामी रिता शेर्पालाई हस्तान्तरण गर्नुभयो ।
    किर्तीमानी पर्वतारोही कामी रिता शेर्पा बिगत दुई दशकदेखि यस लुम्बिनी विकास बैंक लि. मा “निरन्तर सहयात्री” बनि आबद्घ हुनुहुन्छ । उहाँको यो किर्तीमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पुर्ण नेपालको लागि आफुले सगरमाथा २६औं पटक आरोहण गर्न लागेको जानकारी दिनुभयो । उहाँको यस कार्यले लुम्बिनी विकास बैंक लि. साथै सम्पूर्ण नेपाल तथा नेपालीलाई गौरवान्वित बनाएको छ ।
    हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा थप ७ शाखा खोल्नको लागी तयारी अवस्थामा छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।

    प्रतिकृया दिनुहोस्