News Portal

  • आजसम्म शेयर किन्नेले आइएमई जनरलको ७% बोनश शेयर पाउने

    आर्थीकसंसार संवाददाता२४ चैत्र, २०७८
    ५८५ पटक
    २४ चैत्र, २०७८

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले चैत २५ गतेदेखि बैशाख ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण बुक क्लोजको आधारमा चैत २४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
    कम्पनीको २४औं वार्षिक साधारण सभा बैशाख ९ गते गर्ने भएको छ । कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा लैनचौर ब्यङ्क्वेट, काठमाडौंमा बिहान १० बजे गर्ने जनाएको छ ।
    सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनश शेयर र शून्य दशलमव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
    सभाले संचालक समितिले पेश गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको प्रतिवेदन सहित हिसाब नगद नाफा, नोक्सान लगायतका वित्तीय विवरण तथा अनुसूचिहरुमाथि छलफल गरी पारित गर्नेछ ।
    सभाले लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
    त्यस्तै, सभाले कम्पनीको अधिकृत पूँजी बढाएर २ अर्ब ५० करोड पुर्‍याउने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, बोनश वितरण पश्चात कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गरी सोही बमोजिम कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, संशोधित प्रवन्धपत्र र नियमावलीमा फेरबदल गर्न नियामक निकायबाट कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ ।

    प्रतिकृया दिनुहोस्