News Portal

  • आईएमई लाइफ मर्जर/एक्वीजीसनमा जान इच्छुक, आईपीओ जारी गर्ने प्रस्तावसहित डाक्यो एजीएम

    आर्थीकसंसार संवाददाता२३ चैत्र, २०७८
    ९३५ पटक
    २३ चैत्र, २०७८

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी मर्जर तथा एक्वीजीसनमा जान इच्छुक देखिएको छ । आगामी वार्षिक साधारण सभामा विशेष प्रस्ताव लैजाँदै इन्स्योरेन्सले आफु अन्य कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा एक्विजिशनमा जार्न इच्छुक रहेको जानकारी गराएको हो ।
    नियामक निकाय बीमा समितिले तोकेको न्यूनतम पुँजी पुर्याउन कम्पनीले उक्त प्रस्ताव सभामा लैजान लागेको हो । यससँगै, सो सम्बन्धी आवश्यक काम गर्न सभाले कम्पनी सञ्चालक समितिलाई अख्तियारी दिनु पर्ने हुन्छ । त्यस्तै, सभाले सर्वसाधारणलाई आईपीओ जारी गर्ने विशेष प्रस्तावलाई पनि पारित गर्दै छ ।
    कम्पनीको चौंथो वार्षिक साधारण सभा २०७९ बैशाख १४ गते बुधबार बिहान ११ बजे काठमाडौंको लाजिम्पाटस्थित र्याडिशन होटलमा हुँदै छ ।
    त्यस्तै, सभाले सञ्चालक समितिको बैठक भत्ता तथा सुविधासँगै सञ्चालक समितिको निर्वाचन समेत गराउने कम्पनीको प्रस्ताव छ ।

    प्रतिकृया दिनुहोस्