News Portal

  • महालक्ष्मी विकास बैंकद्वारा नेपाल बाल संगठनलाई सहयोग

    आर्थीकसंसार संवाददाता२३ चैत्र, २०७८
    ११०२ पटक
    २३ चैत्र, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकको भाटभटेनी शाखाले नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फरक क्षमताका बालबालिकाको स्वास्थ्य सुधारमा सजिलो होस् भन्ने उद्देश्यले बैंकले फिजियोथेरापी उपकरण हस्तान्तरण गरिएको जनाएको छ ।
    उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष प्रेम प्रसाद पराजुली र प्रमुख कार्यकारी अधिकृत अजयकुमार शाहले बैंकले विभिन्न कार्यक्रमहरु गरी उदाहरणीय कार्य गरेकोप्रति बैंकलाई धन्यवाद ज्ञापन गरे ।
    महालक्ष्मी विकास बैंकले प्रदेश नं १ मा ५, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कूल १०३ वटा शाखाहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्