News Portal

  • ज्योति विकासका एकैदिन दुई शाखा विस्तार

    आर्थीकसंसार संवाददाता२३ चैत्र, २०७८
    ६१९ पटक
    २३ चैत्र, २०७८

    काठमाडौं । ज्योति विकास बैंकले आज इलाम र कञ्चनबारीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ।
    इलाम नगरपालिका ७- इलामबजारस्थित इलाम शाखा र विराटनगर महानगरपालिका ३, मोरङस्थित कञ्चनबारी शाखाको उद्घाटन बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरेका हुन् ।
    नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले इलाम र कञ्चनबारी शाखाका ग्राहकहरूको निमित्त शून्य मौज्दातमै क्यूआर कोड, नि:शुल्क डलर कार्ड जारी, नि:शुल्क डिम्याट खाता, नि:शुल्क मेरोसेयर रजिस्ट्रेशन, नि:शुल्क डेबिट कार्ड, नि:शुल्क मोबाईल बैंकिंग सेवा, नि:शुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा साप्ताहिक /मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुटलगायत विभिन्न सुविधाहरू प्रदान गर्ने भएको छ।

     

    प्रतिकृया दिनुहोस्