News Portal

  • रूरू जलविद्युत परियोजनाको आईपीओ ग्रेड ३ रेटिङ प्राप्त

    आर्थिकसंसार संवाददाता२० भदौ, २०७७
    ९०८ पटक
    २० भदौ, २०७७

    काठमाडौं । रूरू जलविद्युत परियोजना लिमिटेडले विक्री गर्ने तयारी गरेको आईपीओले ग्रेड ३ रेटिङ प्राप्त गरेको छ । प्रिमियम सहित कम्पनीले विक्री गर्न तयारी गरेको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ३ रेटिङ प्रदान गरेको हो । यो रेटिङले कम्पनीको आधारभूत पक्ष औषतमा बलियो रहेको संकेत गर्दछ ।
    यस कम्पनीले ८ करोड ९६ लाख ९५ हजार २२० रुपैयाँ बराबरको ८ लाख १५ हजार ४११ कित्ता आईपीओ विक्रीका लागि असार २५ गतेनै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि १०० रुपैयाँमा र सर्वसाधारणको लागि २० रुपैयाँ प्रिमियम थप गरी १२० रुपैयाँमा आईपीओ जारी गर्न अनुमति मागेको हो ।
    कुल कित्तामध्ये आयोजना प्रभावितका लागि ४ लाख ७ हजार ७०६ कित्ता शेयर विक्री गर्ने तयारी गरेको हो । यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । बोर्डको वेवसाइटलाई आधार मान्दा कम्पनीको निवेदन स्वीकृतिका लागि आवश्यक कागजात पेश गर्न साउन २६ गते बोर्डले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्