काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले हुम्ला सर्केगाड घर भइ हाल तार्केश्वर न पा ८ निवासी कुशल पत्रकार, समाजसेवी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी जरङ्खु शाखाको एजेन्सी म्यानेजर नन्द बहादुर ऐडीको असामयिक निधन भएको हुँदा कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो ।
उक्त मृतक ऐडीले बिगत २ बर्ष अगाडि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन शुभारम्भ जीवन बीमा पोलिसी बीमाङ्क ५ लाख र उनको छोरी खुशी ऐडीको बाल भविष्य बीमा १ लाखको बीमा पोलिसी खरीद गरेका थिए । उनको बीमा चलिरहेको समयमा निधन भएको हुदा, उनको निधनले शोकमा परेका सोकाकुल परिवारलाई सात लाख १० हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।
अब फेरी छोरी खुशी ऐडीकोबीमा अबधि समाप्त पछी १ लाख बोनश दिने कम्पनीले जनाएको छ । उनको बीमा अवधी समाप्तिपछि ५ लाख दुई गुणा बीमाङ्क बापत भुक्तानी गरिने कम्पनीले जनाएको छ ।
सिटिजन लाइफद्धारा ७ लाख १० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी
आर्थीकसंसार संवाददाता२२ चैत्र, २०७८
२२ चैत्र, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न