News Portal

  • बैंक अफ काठमाण्डूद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२२ चैत्र, २०७८
    ९३२ पटक
    २२ चैत्र, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डूले गुल्मीको इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गरेको छ । उक्त कार्यक्रममा सोही भुभागमा बसोबास गर्ने विभिन्न पेशा तथा स्थानीय स्तरका सहकारीहरुमा आवद्ध महिलाहरुको उपस्थिती रहेको थियो ।
    ग्रामिण भुभागमा बसोबास गर्ने महानुभावहरुलाई बैंकिङ्ग तथा वित्तीय जानकारी दिने हेतुले संचालन गरिएको कार्यक्रममा करिब १५० भन्दा बढिको सहभागिता रहेको थियो ।
    बैंक र हेफरको सहकार्यमा संचालन भएको उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेलद्वारा सहभागिहरुलाई वित्तीय साक्षरताको आवश्यकता र बैंकिङ्ग कारोबारको महत्वबारेमा विभिन्न सन्दर्भ सामाग्रीहरु सहित जानकारी दिए ।
    साथै, हेफर नेपालका प्रतिनिधीहरुले ग्रामीण भुभागमा बैंक र बैंकिङ्ग क्षेत्रले सोही स्थानमा बसोबास गर्ने मानिसहरुमा भएको सकारात्मक प्रभावको बारेमा जानकारी दिए ।
    बैंक अफ काठमाण्डूले ९७ शाखा, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्