काठमाडौं । कम्पनी ऐन, २०६३ बमोजिम २०७५ सालमा संस्थापित नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड मातहत सुनसरी जिल्ला गढी गाउँपालिका–२ औरावनीमा निर्माण सम्पन्न भई सञ्चालन हुन लागेको खाद्यान्न भण्डारण गृहको व्यवसायिक शुभारम्भ आजबाट हुन लागेको सुनाउन पाउँदा खुसी लागेको छ । साथै, पर्सा र कपिलवस्तु जिल्लामा निर्माण भईरहेको भण्डारण गृहहरु पनि छिट्टै सञ्चालनमा आउने क्रममा रहेको छ ।
यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरुमध्यको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ । कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा बैज्ञानिक तबरको भण्डारण गृह हालसम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा बजारमा बिक्री गर्नुपर्ने बाध्यता कृषकसँग रहिरहेकोछ । अर्कोतर्फ त्यही खाद्यान्न केही महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ । यो समस्याको समाधानका लागि नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले देशका तीनवटा जिल्ला सुनसरी, पर्सा र कपिलवस्तुका औद्योगिक महत्वका शहरहरुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिष्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएकोछ । कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा निर्माण हुने भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच हुने वातावरण र पद्धत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेकोछ । साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को वालीका लागि आवश्यक पर्ने पुँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरुमार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको छ ।
यस कम्पनीले सञ्चालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत रु. १३९ करोड रहेकोमा सो लगानीमध्ये रु. ९४ करोड ऋण र बाँकी स्वपुँजी परिचालन गरिनेछ । ऋणको व्यवस्थापन एभरेस्ट बैंकको अगुवाइमा नेपाल एसविआइ बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौं, कृषि विकास बैंकको सहवीत्तीयकरणमा गरिएको छ । यस कम्पनीमा निम्बस समूह, शिखर ईन्स्योरेन्स, प्रोबियोटक ईन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमवि बैंक, टिम भेन्चर्स, टिएनआई इन्भेस्टले लगानी गरेका छन् । पछिल्लो चरणमा नेपाल इन्फ्राष्ट्रक्चर वैंक लि., मुक्तिनाथ कृषि कम्पनी, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्ट समेतले पुँजी लगानी गरेका छन् । यस कम्पनीमा उपरोक्त लगानीकर्ताहरुबाट रु. कूल चालु पुँजी रु ६८.७५ करोडको ८०५ ले हुन आउने रु. ५५ करोडको शेयर लगानी भइसकेकोछ । साथै, आगामी आर्थिक वर्ष २०७९÷८० मा सार्वजनिक निष्काशनबाट कूल जारी पुँजीको २०५ बराबरको रकम रु. १३.७५ करोड जम्मा गरिनेछ ।
सुनसरी जिल्लाको गढी गाउँपालिका वडा नं २ औरावनीमा कम्पनीले निर्माण सम्पन्न गरेको भण्डारण गृहको व्यवसायिक शुभारम्भ यही मिति २०७८।१२।२० आइतवार विहान ११ः३० वजे सोहि भण्डारण गृह परिसरबाट गरिने कार्यक्रम तय भएकोछ । यो भण्डारण गृहको कूल क्षमता १५ हजार मे. टन रहेको छ । यस भण्डारण गृहमा तत्काल गहूँ, मकै र भटमास भण्डारण गरिने छ ।
नेपाल वेयरहाहजिङ्गद्वारा निर्मित खाद्यान्न भण्डारण गृहको व्यवसायिक शुभारम्भ
आर्थीकसंसार संवाददाता२१ चैत्र, २०७८
२१ चैत्र, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी