News Portal

  • एनआईसी एशिया बैंकका नवनिर्वाचित अध्यक्ष अग्रवालले ग्रहण गरे शपथ

    आर्थीकसंसार संवाददाता२१ चैत्र, २०७८
    ६९० पटक
    २१ चैत्र, २०७८

    काठमाडौं । एनआईसी एशिया बैंकका नवनिर्वाचित अध्यक्ष तुलसीराम अग्रवालले शपथ लिएका छन् । अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
    चैत २० गते सम्पन्न बैंकको २४औं साधारण सभाले अग्रवाललाई अध्यक्षमा निर्वाचित गरेको थियो । सभाले उनीसहित ६ जना सञ्चालक लाई समितिमा निर्वाचित गरेको थियो ।
    साधारण सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३ ३ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ ।

    प्रतिकृया दिनुहोस्