News Portal

  • मुक्तिनाथ विकास बैंकद्धारा विद्यालयलाई २ लाख रुपैयाँ आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता२१ चैत्र, २०७८
    ५६३ पटक
    २१ चैत्र, २०७८

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले बिर्तामोडस्थित राउन्ड टेबल नेपाल प्रोजेकटलाई श्री चमरधाप प्राथमिक विद्यालयको भौतिक पुर्वाधार निमार्ण गर्नका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
    बैंकले बिर्तामोड स्थित राउन्ड टेबल नेपाललाई एक कार्यक्रमबीच सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । यस सहयोगबाट विद्यालयका विद्यार्थीहरुलाई पढ्नको लागि राम्रो वातावरण बन्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
    उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रदेश नं १ का प्रमुख मनोज विष्ट , बिर्तामोड शाखाका प्रबन्धक हरि ओझा र अन्य कर्मचारीहरुको उपस्थिति तथा राउन्ड टेबलको तर्फबाट अध्यक्ष सुनिल जैसवाल तथा अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्