News Portal

  • सेन्ट्रल फाईनान्सको शाखा बिर्तामोडमा विस्तार

    आर्थीकसंसार संवाददाता२० चैत्र, २०७८
    ८४० पटक
    २० चैत्र, २०७८

    झापा । सेन्ट्रल फाईनान्स लिमिटेडले झापाको बिर्तामोड-४, भद्रपुर रोडमा बिर्तामोड शाखा सञ्चालनमा ल्याएको छ ।
    बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीबाट उद्घाटन भएको उक्त शाखा यस वित्तीय संस्थाको १६औं शाखा हो ।
    नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा सेन्ट्रल फाईनान्सले विगत २५ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिँदै आएको छ ।
    संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी–आस्वा जस्ता आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
    संस्थाको चुक्ता पुँजी ९४ करोड ८८ लाख ७५ हजार रहेको छ । हाल निक्षेप ५ अर्ब ८४ करोड र कर्जा५ अर्ब १४ करोड रहेको छ ।

    प्रतिकृया दिनुहोस्