News Portal

  • लुम्बिनी बिकास बैंकको जनता आधारभूत विद्यालयलाई सहयोग

    आर्थीकसंसार संवाददाता१८ चैत्र, २०७८
    १११४ पटक
    १८ चैत्र, २०७८

    काठमाडौं । लुम्बिनी विकास बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत श्री जनता आधारभूत विद्यालय, लालबन्दी ११, सर्लाही हिरापुरमा सञ्चालित विद्यालयलाई आर्थिक सहयोग स्वरुप रु. ५० हजार नगद सहयोग हस्तान्तरण गरेको छ ।
    बैंकका मधेश प्रदेश प्रमुख मोहनराज गिरीले विद्यालयका प्रधानाध्यापक शत्रुधन महतोलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । मोहनराज गिरीले श्री जनता आधारभुत विद्यालयमा सुविधा सम्पन्न शौचालय निर्माणमा सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए ।
    लुम्बिनी विकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै श्री जनता आधारभुत विद्यालयका प्रधानाध्यापक शत्रुधन महतोले यस विद्यालयमा रहेका विद्यार्थीहरुको लागि शौचालय निर्माणमा खर्च गरिने बताए । कार्यक्रममा बैंकका लालबन्दी शाखाका शाखा प्रबन्धक आशिषकुमार भट्टराई, कर्मचारी दयाराम गौतम तथा दिप्ती अधिकारी र विद्यालयको तर्फबाट लालबन्दी नगरपालिकाका शिक्षा शाखा प्रमुख श्रीमती लक्ष्मी शिवाकोटी, वडा नं. ११ का वडा सदस्य उमेश महतो, भूतपूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संग्रामसिंह गोलेलगायतको उपस्थिति रहेको थियो । विद्यालयमा हाल २५३ विद्यार्थी रहेका छन् । उक्त विद्यालय २०३५ सालदेखि सञ्चालन भइरहेको छ ।
    हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ र यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।

    प्रतिकृया दिनुहोस्