News Portal

  • नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१७ चैत्र, २०७८
    ७२७ पटक
    १७ चैत्र, २०७८

    काठमाडौं । नेपाल एसबिआई बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व मुद्रा सप्ताह २०२२ को अवसरमा बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
    ‘आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट बन्नुहोस्’ नारासहित युवालाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।युवाहरूलाई बचत गर्ने व्यवहार, बजेट निर्माण (पारिवारिक बजेट) र कार्यान्वयन, बैंक तथा वित्तीय संस्थाहरूको जानकारी, बीमा क्षेत्रमा जोखिम वहन र न्यूनीकरणका उपाय तथा रेमिट्यान्सको बारेमा प्रशिक्षण दिइएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्