News Portal

  • प्रोग्रेशिभ फाइनान्सको साधारणसभाबाट ६ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता१६ चैत्र, २०७८
    ६७० पटक
    १६ चैत्र, २०७८

    काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न बुधबार सम्पन्न भएको छ ।
    साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
    सभामा संस्थाका अध्यक्ष किशोरकुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७७/७८ मा गरेका कार्यक्रम तथा गतिविधिहरुबारे प्रकाश पारेका थिए ।
    साथै साधारण सभाले आर्थिक वर्ष २०७७/७८को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहर” सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ ।
    साथै संस्थाको साधारण सभाले मर्जर तथा एक्वीजिशनका निम्ति बैंक तथा वित्तीय संस्थाहरूबाट उपयुक्त प्रस्ताव प्राप्त भएमा सो सम्बन्धी सम्पूर्ण प्रकृया पूरा गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ ।
    वित्तीय संस्थाले हाल १६ वटा शाखा कार्यालय तथा पाँचवटा एक्सटेन्सन काउन्टरहरु मार्फत आफ्ना सेवाहरु प्रवाह गरिरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्