News Portal

  • नेपाल बैंकको वित्तीय सशक्तीकरणमा देशभर वित्तीय साक्षरता सम्पन्न

    आर्थीकसंसार संवाददाता१६ चैत्र, २०७८
    ५०० पटक
    १६ चैत्र, २०७८
    काठमाडौं । नेपाल बैंकको देशभर रहेका विभिन्न शाखाहरूको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
    नेपालको पहिलो बैंक नेपाल बैंकले ग्लोबल मनि विकको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरी वित्तीय सेवाको पहुँच पुर्‍याउने र हरेका वर्ग र क्षेत्रका मानिसहरूलाई वित्तीय चेतना प्रदान गर्ने काम गरेको बैंकले जनाएको छ ।
    ग्लोबल मनि विक २०२२ को थिम “बिल्ड योर फ्युचर, वि स्मार्ट आउट मनि”लाई सार्थक बनाउन भन्दै बैंकले वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।
    बैंकका सात वटै प्रदेश अन्तर्गतका शाखाहरुले विद्यार्थी, महिला, किसान, उद्यमी लगायत समाजका विभिन्न वर्गका व्यक्तिहरु लाभान्वित हुने गरी विभिन्न प्रकृतिका वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।
    बाग्मती प्रदेशमा १७, लुम्विनी प्रदेशमा २५, प्रदेश-१ मा २३, मधेश प्रदेशमा १९, सुदुरपश्चिम र कर्णाली प्रदेश अन्तर्गत ३ वटा शाखाहरुमा गरी ८७ वटा स्थानमा उक्त कार्यक्रमहरु सञ्चालन गरिएको बैंकले जनाएको छ । हालसम्म बैंकले आफ्ना १६० शाखाहरुबाट करिब १५००० सहभागिहरुलाई वित्तीय साक्षरता प्रदान गरिसकेको छ ।
    प्रतिकृया दिनुहोस्