काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले पेप्सीकोला स्थित सूर्यमुखि पार्कमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रही क्यालिस्थेनिक्स पार्क सञ्चालनमा ल्याएको छ । नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिक्सको सहकार्यमा निर्माण गरिएको उक्त पार्कको समुद्घाटन बैंकका प्रमुख भ्याली रिर्सोसेस प्रदिप पन्त र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायामाझिले गरे ।
व्यस्त जीवनशैलीका कारण शारीरिक व्यायामको कमीले बढ्दै गएको स्वास्थ्य समस्या कम गर्नुका साथै खुल्ला स्थानको सदुपयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त पार्क निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेको हो । निःशुल्क व्यायाम उपकरणको सुविधा भएको उक्त पार्क सञ्चालन पश्चात् त्यस क्षेत्रका स्थानीयवासीहरुका लागि स्वस्थ जीवनशैली विकास गर्न केही हदसम्म भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउंदै आएको छ भने आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।
सिद्धार्थ बैंक र नेपाली युथ फिटनेसको सहकार्यमा क्यालिस्थेनिक्स पार्क सञ्चालन
आर्थीकसंसार संवाददाता१६ चैत्र, २०७८
१६ चैत्र, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी