News Portal

  • लुम्बिनी जनरल इन्स्योरेन्सको प्रायोजनमा ओपन गल्फ टुर्नामेन्ट २०२२ सम्पन्न

    आर्थीकसंसार संवाददाता१६ चैत्र, २०७८
    ५४१ पटक
    १६ चैत्र, २०७८

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा खेलकुंदको बिकासको लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यहि २०७८ साल चैत्र ११ र १२ गते त्रिभुवन बिमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा दुईदिने Open Golf Tournament 2022 सम्पन्न भयो ।


    उक्त प्रतियोगितामा १०० जना खेलाडीहरु सहभागी भएका थिए । सहभागी विजेता खेलाडीहरुलाई विभिन्न १६ वटा विधाको लागि पुरस्कार तथा पदकहरु वितरण गरियो ।
    प्रतियोगितामा Winner Men’s मा अवकासप्राप्त कर्णेल सशी बिक्रम सिंह, Runner-Up Men’s मा अतिरिक्त प्रहरी महानिरिक्षक हरिबहादुर पाल, Gross Winner मा सुरज श्रेष्ठ, Ladies Winner मा श्रीमती तारा कार्की चित्रकार, Ladies Runner-Up मा श्रीमती रेखा घिमिरे, Senior Winner मा मेजर जनरल विजय मोक्तान, Senior Runner-Up मा सनप्रसाद प्रधान, Hole In One Hole No. 6 मा जयबिर आचार्य, Junior Winner-Boy मा अभिमन्यु कार्की, Junior Runner-Up Boys जयबिर आचार्य, Junior Winner-Girls मा सुश्री इष्टेना टण्डन, Junior Runner-Up Girls मा सुश्री अन्वद्या मल्ल, Most Birdies मा अवकास प्राप्त वरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्र श्रेष्ठ, Longest Drive @ ११ मा श्री सानु सान्यो शाही, Closest to the Pin @ १२ मा ताहिर शाह र Best Sportsmanship मा श्रीमान अनिल सिन्हा विजयी हुनुभएको थियो ।


    समापनका अवसरमा आयोजित पुरस्कार वितरण समारोहमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.का अध्यक्ष मनोहर दास मुलले अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त रहेको गल्फ प्रतियोगिताको माध्यमबाट खेलकुंदको विकासमा योगदान गर्ने र नयाँ पुस्तालाई यस खेलतर्फ आकर्षित गर्ने उद्देश्यसहित कम्पनीले सन् २०१८ र २०१९ मा पनि यसैगरी Golf Tournament को प्रायोजन गरेको, सन् २०२० र २०२१ मा कोरोना संक्रमणको कारण प्रतियोगिता सम्पन्न हुन नसके पनि यस वर्ष पुनः उक्त कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्