News Portal

  • सिटिजन्स बैंकको आयोजनामा देशव्यापी वित्तीय साक्षरता अभियान सम्पन्न

    आर्थीकसंसार संवाददाता१५ चैत्र, २०७८
    ५३६ पटक
    १५ चैत्र, २०७८

    काठमाडौं । सिटिजन्स बैंकले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
    सिटिजन्स बैंकले ‘ग्लोबल मनि विक २०२२’को अवसरमा चैत ७ गतेदेखि १३ गतेसम्म देशभरका विभिन्न शाखा कार्यालयहरुमार्फत् वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
    उक्त अभियानमा डिजिटल बैंकिङ, वित्तीय स्रोत, वित्तीय कारोबार, व्यक्तिगत आय आर्जनको पहिचानका साथै आय आर्जनको उपयोगिता बढाउने लगायतबारे जानकारी गराइएको सिटिजन्स बैंकले जनाएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर १७४ शाखा, १२३ एटीएम र ९३ शाखारहित बैंकिङ इकाईबाट १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्