News Portal

  • स्मार्ट च्वाईस टेक्नोलोजिज र एनआइसी एसिया बैंकवीच भुक्क्तानी सेवा सञ्चालनको लागि सम्झौता

    आर्थीकसंसार संवाददाता१५ चैत्र, २०७८
    २४४ पटक
    १५ चैत्र, २०७८

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र राष्ट्रिय स्तरको ‘क’ वर्गको वाणिज्य बैंक एनआइसी एसियावीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा सन्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।
    राजधानी काठमाडौंमा मङ्गलबार आयोजित विशेष कार्यक्रमकावीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआइसी एसिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्यूआर सेवा सञ्चालन सम्बन्धी उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
    यस सम्झौतापश्चात बिभिन्न व्यापार—व्यवसाय गर्दै आएका व्यवसायीहरूले एनआइसी एसिया बैंकमार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने भएका छन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमाफर्त कारोवारको भुक्क्तानी तथा फछ्र्यौट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो छ ।
    बिगत २० वर्षदेखि बिभिन्न भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र एन.आइ सी एसियावीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकाशमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

    प्रतिकृया दिनुहोस्