News Portal

  • मिर्मिरेको सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१४ चैत्र, २०७८
    ८९२ पटक
    १४ चैत्र, २०७८

    काठमाडौं । ग्लोबल मनि विक कार्यक्रम अन्तर्गत विश्वव्यापी रुपमा वित्तीय साक्षरता जनचेतना कार्यक्रम संचालन गर्ने क्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । मिर्मिरेले सबै शाखा र प्रदेशमा कार्यक्रम सम्पन्न गर्दै अन्तिम दिन प्रधान कार्यालय बनेपामा कार्यक्रम आयोजना गरि सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको हो ।
    नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार एक सातासम्म चलेको वित्तीय साक्षरता सचेतना अभियान सञ्चालन भएको थियो । जस अन्तर्गत मिर्मिरेले अधिराज्यका सातै प्रदेशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता सचेतनाका कार्यक्रमहरु संचालनसँगै करिब दुई हजार महिलालाई वित्तीय सचेतना सम्बन्धी तालिम प्रदान गरेको छ ।
    संस्थाले बनेपा नगरपालिका बजारमा संस्थाका कर्मचारीहरु, संस्थाको सदस्यहरु तथा स्थानीयहरु वित्तीय सचेतना सन्देशका प्ले कार्डहरु सहित प्रभातफेरी गरेको थियो । बजार परिक्रमा पश्चात बनेपा पार्टी भेन्यूमा औपचारिक कार्यक्रम सञ्चालन गरेको हो ।
    कार्यक्रममा संस्थाका सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहरा र नायब कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले वित्तीय अनुशासन, पारिवारिक बजेट र योजना, बचतको महत्व, कर्जा सदुपयोगिता, सफा नोट नीति लगायतका विषयहरुमा सहजिकरण गरेका हुन् ।
    कार्यक्रममा प्रमुख अतिथि समेत रहेका संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले अधिराज्य भरी नै संस्थाले निरन्तर नियमित कार्यक्रमहरु गर्दै आएको र सदस्यहरुलाई पेशागत तालिम दिन सस्था अगाडी बढि रहेको बताए । तालिम पश्चात उद्यमशिलता बिकास हुने कार्यक्रमको छनौट गरि माग अनुसार कार्यक्रमहरु संचालन गरिंदै लैजाने उनले बताए ।
    संस्थाका विभागिय प्रमुखहरुको समेतको उपस्थितिमा भएको कार्यक्रममा व्यवसाय प्रवद्र्धन तथा असुली विभागका प्रमुख बेद प्रकाश आचार्यले कार्यक्रमको उद्देश्य एवं वित्तीय साक्षरताको महत्वको बारेमा प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्