News Portal

  • दुग्ध विकास संस्थानको महाप्रबन्धकमा झा नियुक्त

    आर्थीकसंसार संवाददाता१४ चैत्र, २०७८
    ८४० पटक
    १४ चैत्र, २०७८

    काठमाडौं । सरकारले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जिव झालाई नियुक्त गरेको छ ।
    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा झालाई महाप्रबन्धकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
    पुसमा तत्कालीन महाप्रबन्धक रुद्र पौडेलको कार्यकाल सकिएपछि कृषि मन्त्रालयले माघ १० गते खुला प्रतिस्पर्धाबाट नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको थियो ।
    संस्थानको प्रशासन विभाग प्रमुखमा बहाल भएकै बेला झा महाप्रबन्धक नियुक्त भएका हुन् । झा संस्थानको बजार र प्रशासन महाशाखामा लामो समयदेखि कार्यरत छन् ।

    प्रतिकृया दिनुहोस्