आर्थीकसंसार संवाददाता११ चैत , २०७८
११ चैत , २०७८ काठमाडौँ । ‘आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट बन्नुहोसु भन्ने नाराका साथ एभरेष्ट बैंक लिमिटेडले ‘ग्लोबल मनि विक–२०२२’ मनाएको छ ।
यो विशेष सप्ताहको उपलक्ष्यमा बैंकले सबै प्रदेशमा विद्यालय र कलेजमा वित्तीय साक्षरता, अन्तरक्रियात्मक बैंकिङ शिविर, स्थानीयवासीलाई डिजिटल बैंकिङ सचेतना कार्यक्रमलगायत विभिन्न वित्तीय सचेतना अभियान सञ्चालन गरेको छ ।
एभरेष्ट बैंकले ११२ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४५ एटीएममार्फत बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।