News Portal

  • बैंक अफ काठमाण्डूका ग्राहकले रोडहाउस क्याफेको सेवामा छुट पाउने

    आर्थीकसंसार संवाददाता११ चैत्र, २०७८
    २४५ पटक
    ११ चैत्र, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले रोडहाउस क्याफे पोखरामा छुट पाउने भएका छन् । बैंक र रोडहाउस क्याफे पोखराबिच सम्झौता भएसँगै बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने भएका हुन् ।
    उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । रोडहाउस क्याफे पोखराले लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्