News Portal

  • रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सन्राइज क्यापिटल नियुक्त

    आर्थिकसंसार संवाददाता१८ भदौ, २०७७
    ४८४ पटक
    १८ भदौ, २०७७

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा सन्राइज क्यापिटल नियुक्त गरेको छ । हालै मात्र ६३,००,०० कित्ता शेयर सर्वसाधारणमा जारी गरेको रिलायन्स लाइफ इन्स्योरेन्सले शेयर रजिष्ट्रारको रुपमा सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
    नियुक्त भएसँगै अब रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्नेलगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्नेसम्बन्धी सम्पूर्ण काम कारबाही सनराईज क्यापिटल लिमिटेडले गर्ने भएको कुरा कम्पनीद्वारा जारी विज्ञप्तिमा बताएकोछ ।

    प्रतिकृया दिनुहोस्