News Portal

  • भिभोको भि२३ई नेपाली बजारमा

    आर्थीकसंसार संवाददाता९ चैत्र, २०७८
    ६६२ पटक
    ९ चैत्र, २०७८

    काठमाडौं । भिभो स्मार्टफोनले आफ्नो नयाँ प्रडक्ट ‘भि२३ई’ नेपालमा बिक्री सुरु गरेको छ । हाल थप भएको उक्त मोबाइल फोनबारे नेपालीले सकारात्मक प्रतिक्रया दिएका भिभोले जनाएको छ ।
    भर्खरै बजारमा आएको उक्त फोनको प्रि–बुकिङ अर्डरहरू पनि रहेको बताइएको छ । भिभोले हालै “भि आर गोर्जस” व्यक्तित्व झल्काउने नेपालका प्रभावशाली व्यक्तित्वहरू – प्रदीप खड्का, सुकदेव कार्की, सजन श्रेष्ठ, भेक र एन्जल महर्जन लगायतसँग सहकार्य गरेको जनाएको छ ।
    भि२३ई ले आफ्ना प्रयोगकर्ताहरूलाई सुन्दर सेल्फी अनुभव प्रदान गर्न फ्रन्टमा उच्च रिजोल्युसनको ५० एमपी अटोफोकस पोट्रेट सेल्फी क्यामेरा रहेको जनाएको छ ।
    यसमा ८ जीबी र्‍याम र १२८ जीबी र २५६ जीबी रोमको प्रिमियम स्पेसिफिकेशन रहेको छ । साथै ४०५० एमएएच बराबरको ब्याट्री रहेको छ ।

    प्रतिकृया दिनुहोस्