News Portal

  • पोखराको चौथेमा राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा विस्तार

    आर्थीकसंसार संवाददाता७ चैत्र, २०७८
    ७४६ पटक
    ७ चैत्र, २०७८

    काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले पोखराको चौथेमा नयाँ शाखा संचालनमा ल्याएको छ । यस शाखा संस्थाको ९९ औं शाखा हो । उक्त नयाँ शाखाको उद्धघाटन बंगलादेशको ग्रामिण ट्रस्टका प्रबन्ध निर्देशक अब्दुल हेई खानले गरेका हुन् ।
    लघुवित्तका पिता बंगलादेशी प्रोफेसर युनुस खानले ग्रामिण ट्रस्ट स्थापना गरेका हुन् । उनी ट्रस्टको अध्यक्ष पनि हुन्। राष्ट्र उत्थान लघुवित्तले युनुस खान कै सम्मानमा पोखराको चौथेमा संचालनमा ल्याईएको शाखाको नाम युनुस पोखरा शाखा नामाकरण गरेको छ ।
    शाखा उद्घाटन गर्दै अब्दुल हेई खानले राष्ट्र उत्थानको मुख्य संस्थापक रहेको नेरुड़ोसँगको दशक पुरानो सम्बन्धको चर्चा गर्दै राष्ट्र उत्थान लघुवित्तलाई चाहिने सहयोग गर्न तत्पर रहेको बताए ।
    कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष प्रेम कार्की, नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश प्रमुख डा, राम शरण खरेल, कम्पनीका प्रबन्ध निर्देशक सुधिर प्रसाद लोहनी लगायतको उपस्थिती थियो ।

    प्रतिकृया दिनुहोस्