काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेफर नेपालसँग सम्झौता गरेको छ । हेफर नेपालले विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल र हेफर नेपालको प्रमुख डा। शुभ नाथ महतोले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार बैंकले हेफर नेपालसँगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहेकाहरुलाई बैंकिङ्ग चेतना अभिबृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ्ग पहुँचमा ल्याउने लक्ष्य लिएको जानकारी दिएको छ ।
बैंकको अनुसार उक्त कार्यक्रम संचालनको लागि बैंकले र हेफर नेपालको सहकार्यमा बैंकिङ्ग तथा वित्तीय साक्षरता सम्बन्धी विभिन्न सन्दर्भ सामाग्री निमार्ण गर्नेछ ।
बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८५ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
बैंक अफ काठमाण्डूले हेफर नेपालसँगको सहकार्यमा साक्षरता कार्यक्रम संचालनमा गर्ने
आर्थीकसंसार संवाददाता२ चैत्र, २०७८
२ चैत्र, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने