News Portal

  • नेपाल टेलिकमले ल्यायो फागु पर्व अफर

    आर्थीकसंसार संवाददाता२ चैत्र, २०७८
    ७११ पटक
    २ चैत्र, २०७८

    काठमाडौं । मुलुकभरी मनाइने फागु पर्व (Holi Festival) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर (होली अफर) उपलब्ध गराएको छ । यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ ।
    यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *1415*11#  डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।
    नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ ।
    यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने कम्पनीको विश्वास रहेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस्