News Portal

  • नेशनल लाइफ इन्स्योरेन्सको लाभांश पारित

    आर्थीकसंसार संवाददाता२९ फागुन, २०७८
    ७९५ पटक
    २९ फागुन, २०७८

    काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकाे १८ प्रतिशत लाभांश पारित भएकाे छ ।कम्पनीकाे ३३ औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो ।
    साधारण सभाबाट संस्थापक समूह ‘क’ वर्ग बाट प्रेमा राज्य लक्ष्मी सिंह, पवन बहादुर पाँडे र कुशल मल्ली संचालकमा निर्वाचित भएका छन् भने सर्वसाधारण ‘ख’ वर्गबाट भवानी राणा र कुलदीप शरण सिंह निर्वाचित भएका छन् ।
    आइतबार सम्पन्न साधरणसभामा कम्पनीको अध्यक्ष प्रेमा सिंहले कोभिड-१९ को प्रकोप यथावत रहेतापनि प्रतिष्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरु साथै बीमितको आवश्यकता अनुसारको उच्च गुणस्तरीय बीमा योजनाहरुले गर्दा जीवन बीमा बजारको लागि राम्रो आधार सिर्जना भएको बताइन् ।
    आ.व.२०७६/०७७ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । हाल कम्पनीकाे कूल बीमा शुल्क १५.१२ प्रतिशतले बृद्धि भई ९२६.७४ करोड, जीवन बीमा कोष २४.२९ प्रतिशतले बृद्धि भई ३,३४६ करोड र कूल लगानी १८.८४ प्रतिशतले बृद्धि भई ३,१८५ करोड पुगेको छ ।
    कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आ.व.२०७६/०७७ मा वार्षिक औसत प्रतिफल १०.१६ प्रतिशत कायम रहेको साथै कम्पनीको चुक्ता पूँजी समेत सन्तोषजनक रहेको र चालु वर्षको बाेनस समेत गरी कूल पूँजी ४ अर्ब ३ करोड नाघेको छ ।
    यस्तै आ.व.२०७७/०७८ मा कम्पनीको प्रथम बीमाशुल्क ७१ प्रतिशतले बृद्धि भई ४ अर्ब नाघेको छ ।

     

    प्रतिकृया दिनुहोस्