News Portal

  • महालक्ष्मी विकास बैंकले विद्यालयको साइन्स ल्याबलाई दियो आवश्यक सामाग्री

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०७८
    ८५५ पटक
    २६ फागुन, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको छ ।
    बैंकको पोखराको चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं।१९ हेम्जा अवस्थित अम्बिका माध्यमिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको हो ।
    यस सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासका साथ उक्त प्रयोगशालाका सामाग्रीहरु प्रदान गरिएको चिप्लेढुङ्गा शाखाका शाखा प्रबन्धक किरण घिमिरेले बताए ।
    बैंकले यस्ता सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु नेपालभर छरिएर रहेका १०३ शाखाहरु मार्फत गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइरहने जनाएको छ ।
    साथै, बेंकले आफ्ना ग्राहकहरुलाई अधिकतम लाभ दिने उद्देश्यले महालक्ष्मी वचत वृद्धी खाता संचालनमा ल्याएको छ । वार्षिक व्याजदर ८.५५ प्रतिशत रहेको यस खाता न्युनतम मौज्दात ५१ रुपैयाँमा नै खोल्न सकिन्छ । यसमा ५ लाखसम्मको दुर्घटना बीमा, निस्शुल्क मोबाइल बैकिङ्ग , निस्शुल्क एटिएम कार्ड, निस्शुल्क डिम्याट खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।
    यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्