News Portal

  • सनराइज बैंकले नारी बचत खाता खोल्नेलाई १० हजार रुपैयाँ दिने

    आर्थीकसंसार संवाददाता२५ फागुन, २०७८
    ५४५ पटक
    २५ फागुन, २०७८

    काठमाडाैं । सनराइज बैंकले नारी बचत खातामा खाेल्नेहरुलाई विशेष सुविध दिने भएकाे छ । बैंकले यस्ता खाता खाेल्ने नयाँ तथा पुराना ग्राहकलाई प्रसूति हुँदा १० हजार रुपैयाँ दिने भएको हो ।
    यसका साथै यस खातामा घातक रोगमा ५ लाख रुपियाँसम्मको उपचार खर्च, ५ लाख रुपियाँसम्मको दुर्घटना बीमा, अस्पतालमा उपचार गर्दा २० हजार रुपैयाँसम्मको ओपीडी खर्च, ८० हजार रुपियाँसम्म अस्पताल उपचार गरेको खर्च पाइने बैंकले जानकारी दिएकाे छ ।
    बैंकले महिलाहरुलाई बैंकमा खाता खोल्न र बचत गराउन प्रोत्साहित गर्ने उद्देश्यले यस्ताे याेजना ल्याएकाे जनाएकाे छ । यस्तै बैंकले यस्ताे याेजनाले महिलाहरुलाई आर्थिकरुपमा सबल बनाउन र उनीहरुलाई सशक्तिकरण गर्न सहयोग पुग्ने विश्वास रहेकाे जनाएकाे छ ।

     

    प्रतिकृया दिनुहोस्