News Portal

  • नेष्डो समृद्धको आइपीओ बाँडफाँड

    आर्थीकसंसार संवाददाता२४ फागुन, २०७८
    ६४९ पटक
    २४ फागुन, २०७८

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आइपीओआज बाँडफाँड सम्पन्न भइसकेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज दिउँसो जमलको एल्लो प्यागोडा होटेलमा शेयर बाँडफाँड गरेको जनाएको छ ।
    आइपीओमा कुल २५ लाख २७ हजार १ सय १ जनाबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताको लागि आवेदन परेकोमा ४ हजार १ सय १६ जनाको आवेदन रद्द भई २५ लाख २२ हजार ९ सय ५५ जनाको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परकोले योग्य रहेका २५ लाख २२ हजार ९ सय ५५ जनाको आवेदनलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।
    गोलाप्रथाबाट शेयर बाँडफाँड गर्दा ७७ हजार ४ सय ५६ जनाले १० कित्ताको दरले शेयर पाएका छन्। त्यसपछि १० कित्ता शेयर पाएकालाई समावेश गरेर दोस्रो पटक गोलाप्रथा गर्दा थप ३ जनाले थप १ कित्ता शेयर पाएका छन् । यस हिसाबले ७७ हजार ४ सय ५३ जनाले १० कित्ता शेयर पाएका छन् भने भने ३ जनाले ११ कित्ता शेयर पाएका छन् । आवेदन दिएका मध्ये २४ लाख ४९ हजार ६ सय ४५ जना आवेदक भने हात खाली भएका छन् ।
    कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

    प्रतिकृया दिनुहोस्