News Portal

  • माछापुच्छ्रे बैंकको वीरगञ्जमा नयाँ शाखा उद्घाटन

    आर्थीकसंसार संवाददाता२३ फागुन, २०७८
    ९४१ पटक
    २३ फागुन, २०७८

    काठमाडौं । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्ला वीरगञ्जमा नयाँ शाखा आदर्शनगरको औपचारिक समुद्घाटन गरेको छ । उक्त कार्यक्रममा वीरगञ्ज महानरपालिका मेयर विजयकुमार सरावगी एवं माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्दप्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको थियो । सोही कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति रहेको थियो ।
    माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरुमार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
    बैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ वटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२१ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०० वटा एटीएमहरु संचालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्