News Portal

  • गरिमा विकास बैंकका महिला ग्राहकलाई लकर सुविधामा आर्कषक छुट

    आर्थीकसंसार संवाददाता२२ फागुन, २०७८
    ११७६ पटक
    २२ फागुन, २०७८

    काठमाडाैं । गरिमा विकास बैंकले गरिमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्नु महिला ग्राहकलाई कर सुविधामा छुट प्रदान गर्ने भएकाे छ । बैंकले अन्तराष्ट्रिय नारी दिवस २०२२ लाई यस्ताे अफर ल्याएकाे हाे ।
    आफ्नो बहुमुल्य गरगहना, सामान तथा कागजपत्रलाई सुरक्षीत राख्न भरपर्दो यस गरिमा विकास बैंकको लकर सुविधा अन्तर्गत लकर डिपोजिटमा २५ प्रतिशत र वार्षिक लकर शुल्कमा ५० प्रतिशत (पहिलो वर्षको लागि मात्र) छुटको व्यवस्था गरेको हो ।
    बैंकका ग्राहकहरुले न्यूरोड शाखा (काठमाडौं), कुमारीपाटि शाखा (ललितपुर), सुर्यविनायक शाखा (भक्तपुर), सभागृह शाखा (कास्की), वगर शाखा (कास्की), नारायणगढ शाखा (चितवन), बुद्धचोक शाखा (चितवन) र धरान शाखा (धरान)मा उपलब्ध विभिन्न आकारका लकरमा उक्त छुट लिन सक्नेछन् ।
    बैंकमा नयाँ वा पहिला नै नारी बचत खाता तथा मेरो शेयर बचत खाता खोल्ने सम्पूर्ण नारी ग्राहकले उक्त छुट प्राप्त गर्नेछन् ।
    हाल गरिमा विकास बैंक लिमिटेडले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरिय सेवा दिदै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्