News Portal

  • समता घरेलु लघुवित्त वित्तीय संस्थाको बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट नियुक्त

    आर्थीकसंसार संवाददाता२२ फागुन, २०७८
    ६६८ पटक
    २२ फागुन, २०७८

    काठमाडौं । साविक समता लघुवित्त वित्तीय संस्था लि.र साविक घरेलु लघुवित्त वित्तीय संस्था लि.बिच शेयर आदानप्रदान दर (SWAP Ratio)  १००ः८० (समताःघरेलु) कायम हुने गरी गाभिएपश्चात् संस्थाको कुल चुक्ता पुँजी रु. २८,५६,२०,१६० को २० प्रतिशत बोनसपश्चात् कम्पनीको चुक्ता पुँजी रु. ३४,२७,४४,१९२ भएकाले शेयर संरचना ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरी जारी हुन बाँकी शेयर फर्दर पब्लिक ईस्युद्वारा सर्वसाधारणमा जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्झौता(पत्रमा समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गर्नुभयो । आरविवि मर्चेन्ट बंैकिङ्ग लिमिटेड राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो ।

    प्रतिकृया दिनुहोस्