काठमाडौं । नेपाल बैंकले पोखरा विश्वविद्यालयका कर्मचारी र विद्यार्थीलाई सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने भएको छ । बैंक र विश्वविद्यालयबीच बिहीबार यसबारे सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट राजिष्टार डा. दीपकबहादुर भण्डारी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।
यस सम्झौताअन्तर्गत विश्वविद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक/शिक्षक/कर्मचारीहरु सम्पूर्णको तलबी खाताहरुमा बैंकले बचत निक्षेपहरुको उच्चतम ब्याजदर प्रदान गर्नेछ । यसका साथै बैंकले उनीहरुलाई भिसा डेबिट कार्ड र मोबाइल तथा इन्टरनेट बैंकिङ्ग रजिष्ट्रेशन निःशुल्क उपलब्ध गराउने, बैंकको लकर भाडामा २५ प्रतिशत छुट प्रदान दिने, जुनसुकै प्रकारको कर्जा लिँदा सेवा शुल्कमा २५ प्रतिशत छुट दिने र डिम्याट मेरो सेयर रजिष्ट्रेसन सुविधा निःशुल्क उपलब्ध गराउने छ ।
नेपाल बैंकबाट पोखरा विश्वविद्यालयका विद्यार्थीले सहुलियतपूर्ण बैंकिङ्ग सेवा पाउने
आर्थीकसंसार संवाददाता२० फागुन, २०७८
२० फागुन, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने