News Portal

  • आइएमई पेबाट यति एयरलाइन्सको टिकट काट्दा निःशुल्क टिकट पाउने

    आर्थीकसंसार संवाददाता१८ फागुन, २०७८
    १२८५ पटक
    १८ फागुन, २०७८

    काठमाडौं । आइएमई पेले यति एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूलाई फागुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी २ महिनासम्म यति एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्दा लक्की ड्रमार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यहरूका लागि निःशुल्क उडान टिकट पाउनु हुनेछ ।
    हरेक वर्ष हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको संख्या बढिरहेको देखिन्छ । यात्रुहरूलाई सुलभ एवं सहज हवाई यात्राका लागि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यका साथ आइएमई पे र यति एयरलाइन्सवीच यो समझदारी बनेको हो । निःशुल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डोजस्ता धार्मिक वा पर्यटकीय दृष्टिले अति महत्वपूर्ण स्थानहरू रहेका छन् । यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास लिइएको छ ।
    आइएमई पे मोबाईल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुहरुले मात्र सो अफरमा सहभागी हुन पाउनु हुनेछ । सो अफर सिमित अवधिको लागि मात्र चल्ने छ । अफर अवधि भरी ४ जना भाग्यशाली बिजेताहरु छानिनेछन्, जसमध्ये हरेक बिजेताले २ जनाको लागि प्रस्थान र आगमनको टिकट जित्नेछन् । भाग्यशाली बिजेताहरुले उल्लेखित गन्तब्य मध्ये एउटा रोज्न पाउनु हुनेछ ।
    आइएमई पेको बारेमा ः
    नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धन गरिएको आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
    आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यास ब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ् सुबिधाप्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।
    यती एयरलाइन्सको बारेमा ः
    सन् १९९८ मा एउटा एयरक्राफ्टबाट नेपालमा आन्तरिक हवाई उडान सेवा सुरु गरेको यती एयरलाइन्स आज दुई दशकभित्र देशकै ठुलो आन्तरिक एयरलाइन्स अपरेटर हुन पुगेको छ । तारा एयरसँग मिलेर यती एयरलाइन्सले नेपाल भरी साना–ठुला सम्पूर्ण विमानस्थलहरुमा हवाई उडान सेवा प्रदान गर्दै आएको छ । ग्राहकहरुलाई सुरक्षित र अनुसुचित समय मै उडान सेवा प्रदान गर्न प्रतिवद्ध यती एयरलाइन्सले सदैव आफ्नो सेवाहरुमा ग्राहकको सहजतालाई प्राथमिकता दिने गरेको छ ।
    तारा एयरसँगै यती एयर्लाइन्सले पुर्वमा भद्रपुरदेखि पश्चिममा धनगढीसम्म साथै अन्नपूर्ण र सगरमाथा क्षेत्रमा माउन्टेन फ्लाइटको सेवा पनि प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्