News Portal

  • ज्योति लाइफले दियो मृतकको परिवारलाई ५ लाख दाबी वापतको रकम

    आर्थीकसंसार संवाददाता१७ फागुन, २०७८
    ११०३ पटक
    १७ फागुन, २०७८

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाल्पा शाखाले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले तानसेन ११ स्थायी घर भइ हाल भारतमा रोजगारको सिलसिलामा मृत्यु भएका बम बहादुर सुर्यवंशिको परिवारलाई मृत्युपछी दाबी भुक्तानी रकम दिएको हो ।
    मृतक बम बहादुरले ६ महिना अघि ज्योती लाइफ इन्स्योरेन्समा ५ लाख बराबरको बीमा गरेका थिए तर बीमा गरेको ६ महिनामै उनको मृत्यु भएपछी उनको परिवारले ५ लाख ८३३३ रुपैया कम्पनीले हस्तान्तरण गरेको हो ।
    दाबी भुक्तानी रकम लिदै मृतक बम बहादुरकी आमा बिष्णु सुर्यवंशिले छोरा गुमाएको परिवार लाई बिमा रकमले थोरै भएनी राहत मिलेको बताईन ।
    कम्पनीका पाल्पा शाखाका शाखा प्रमुख पारसमणी पोखरेलले बीमा रकम हस्तारण गर्दै पहिले बीमा गरेको हुनाले यसरी रकम आएको बताउदै , मृतकको परिवारले बीमित बम बहादुरको मृत्यु भएको जानकारी गराई आवश्यक कागजात पेश गरि उक्त भुक्तानी रकम बम बहादुरकी आमाले पाएको बताए । उनले जीवनको लागि बीमा निकै महत्वपूर्ण रहेको समेत भएको बताए ।

    प्रतिकृया दिनुहोस्